रोङमा आज सार्वजनिक बिदा

0
737

इलाम।

इलामको रोङ गाउँपालिकाले आज बैशाख ३० गते सार्बजनिक बिदा दिने भएको छ ।
भाषाशास्त्री महानन्द सापकोटाको १२३औं जन्म जयन्तीको अवसरमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

आजभन्दा १ सय २३ बर्ष अघि बैशाख ३० गते हालको रोङ गाउँपालिका–५ साबिक इरौटार–८को देवानछापमा भाषाशास्त्री सापकोटाको जन्म भएको थियो । उनै भाषाशास्त्रीको सम्मानका लागि गाउँपालिकाले जन्मदिनको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राईले जानकारी दिए ।

पूर्वको पर्यटकीयस्थल तथा पुराना भूमे राजाले सुरक्षा किल्लाको रुपमा प्रयोग गरेको र भाषा, संस्कृतिविद् महानन्द सापकोटाको जन्मस्थलका रुपमा रहेकाले देवानछापको महत्व बढेर गएको छ । हाल देवानगढी जाने करिब चार किलोमिटर पदमार्ग निर्माण भइसकेको छ ।

देवानछाप पुग्नको लागि बहुवन–देवानगढी हुँदै देवानछाप डाँडासम्म पुग्ने पदमार्ग निर्माण सम्पन्न भएपछि देवानछाप पुग्न सहज भएको वडाध्यक्ष युवराज खाप्तुवा राईले बताए ।

महानन्द सापकोटा स्मृति प्रतिष्ठानद्वारा आज आयोजना गरिने कार्यक्रममा रोङ गाउँपालिकाले स्थापना गरेको महानन्द स्मृति छात्रबृत्ति बितरण, महानन्दको बिषयमा कार्यपत्र प्रस्तुत र स्थलगत कबिता लेखन प्रतियोगिता गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here