कांग्रेसको जनजागरण कि कार्यकर्ता  भेला ?

0
368

औपचारिक कुराः

कांग्रेसले यही बैशाख २५ गतेदेखि पहिलो चरणको एक महिने जनजागरण अभियान शरु गरेको छ । यसका लागि शीर्ष नेताहरुदेखि कनिष्ठ नेताहरु पनि प्रदेश र जिल्लाहरुमा खटाइएका छन् । खटाइएका नेताहरुले गाउँरुनगर वा जिल्ला तहमा भाषण गर्दै हिँडेका छन् भने कार्यकर्ताहरुलाई भेटेर उनीहरुका सुझाव र असन्तुष्टिहरु पनि संकलन गर्दैछन् ।

पंक्तिकार जस्तै पत्रकारहरुले विभिन्न जिल्लामा पुगेका नेताहरुले भाषण गर्दा बोलेका कुराहरुलाई वा सरकारविरुद्ध गरेको आलोचना वा पार्टी कै आन्तरिक राजनीतिको बारेमा व्यक्त विचारलाई समेटेर समाचार पनि बनाएर सम्प्रेषण, प्रसारण र प्रकाशन पनि गर्दैछन् । तर, कार्यकर्ताहरुले ती प्रतिनिधि भई आएका नेताहरुलाई भेटेर कस्तो सुझाव दिँदैछन् वा दिन पाएका छैनन् अथवा दिएका सुझावलाई पनि नराखेर नेता आफैंलाई लागेको कुरा मात्रै टिपेर केन्द्रमा गएर ब्रिफिङ गर्ने हो भन्ने टुंगो छैन ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनजागरण केका लागि भन्ने विषयमा दिएको विचार हेर्दा साँच्चै अब कांग्रेस जनताका घरदैलोमा पुग्न लागेको हो भन्ने देखिएको छ । जनजागरण अभियानमा नेताहरुले कांग्रेसले अहिलेसम्म देश र जनताका लागि गरेका कामको बारेमा तल्लोतहका कार्यकर्ता र जनतासम्म पु¥याउने, सरकारले एक बर्षमा गरेका नराम्रा कामको फेहरिस्त पेश गरेर दुइतिहाइको कम्युनिष्ट सरकारले केही पनि राम्रो काम गर्न सकेन भनेर पर्दाफास गर्ने तथा जनता के चाहन्छन्, उनीहरुको पार्टी, देश र विकासका बारेमा के कस्तो धारणा छ त्यो पनि संकलन गरेर ल्याउने भन्ने निर्देशन दिएको प्रवक्ता शर्माको भनाई ओजपूर्ण छ ।

वास्तविकता :

तर, जनजागरणमा आयोजना भएका अहिलेसम्मका भेला हेर्दा लाग्छ त्यो कार्यकर्ता भेला त्यो पनि अगुवाहरुको भेला मात्र देखिएको छ । यस किसिमको अभियानले जनजागरण ल्याउँदैन । जनजागरण अभियान भनेको कार्यकर्ता भेला होइन । त्यस्तो भेलामा कार्यकर्ता एउटा कम्पोनेन्ट मात्र हो ।

त्यस्ता भेलामा आम जनता आउनुपर्छ । आम जनताले नेताहरुलाई खुलेआम बिना रोकटोक भेट्न पाउनुपर्छ । आफ्ना समस्या र लागेका कुरा भन्न पाउनु पर्छ । दुई दिनअघि सुनसरीको एउटा नगरको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलकै सम्बोधन थियो । त्यसमा उनले कार्यकर्तामा जागरण ल्याउन यो अभियान शुरु गरेको अभिव्यक्ति दिएको समाचार सार्वजनिक भयो । यदि यो साँचो हो भने नेताहरु त्यत्रो समय र पैसा खर्च गरेर कार्यकर्ता भेट्न जानै पर्दैन । कार्यकर्ताहरुलाई त पार्टीबाट एउटा सर्कुलर गरेर काम गर्न निर्देशन दिए भइहाल्छ । विचरा झोला बोक्ने कार्यकर्ताहरुले आदेश मानिहाल्छन् । मानेकै छन् ।

गर्नुपर्ने काम :

जनजागरण भनेपछि कार्यकर्ता बाहेक पनि कांग्रेस इतर, वा कांग्रेसका शुभेच्छुकलाई पनि त्यो अभियानमा जोड्ने हो । जनजागरण अभियानमा के मजदुर, के किसान, के महिला, के विद्यार्थी, के जनजाति, के मुस्लिम, के आदिवासी, के दलित, के पिछडिएको वर्ग, के व्यापारी के वकिल, प्राध्यापक, शिक्षक, समाजसेवी लगायतलाई समेटेर लोकतन्त्र बचाउन, सुदृढ गर्न र संघीयतालाई तल्लो तहसम्म व्यवहारमै पु¥याउन कांग्रेस बलियो हुनुपर्छ भन्ने सन्देश दिने हो । (कारण बाम स्कुलिङ केन्द्रीयताको हुन्छ, अधिकार बाँड्ने पक्षको हुँदैन । लोकतन्त्रको स्कुलिङले मात्र अधिकार जनताका हातमा दिनुपर्छ भन्छ ।)

पछिल्लो निर्वाचनमा कांग्रेसलाई जनताले किन कम मत दिए । यसको छिनोफानो खोज्ने हो यस जागरण अभियानबाट । नेतृत्वमा कमजोरी भएर हो वा जनताले परिवर्तन खोजेको हो भन्ने निक्र्योल अहिलेसम्म भएको छैन । केही नेताहरुले सभापति शेरबहादुर देउवालाई अहिलेको कांग्रेसको हविगत हुनुमा दोषी देख्छन् भने देउवा र देउवा पक्षले भने अरु नेताहरुले गुटबन्दी गरेर पार्टीप्रति जनताको आस्था घटेकोले अहिलेको अवस्था आएको बताउँछन् ।
देखिएको अवस्था भनेको गुटबन्दी नै हो ।

एकअर्कालाई हराउनेसम्मको कांग्रेसी गुटबन्दीले कांग्रेसलाई नै सखाप पारेको हो । यही गुटबन्दीकै कारण सही व्यक्तिले टिकट पनि पाएनन् । पाएकाले पनि गुटबन्दीले जित्न सकेनन् । विपक्षीहरुको डायनामिक चुनावी रणनीति नबुझ्दा पनि कांग्रेस हारेको हो । कांग्रेसले गरेको जथाभावीको चुनावी गठबन्धनले पनि कार्यकर्तामा उत्साह मरेर गएको थियो । यस्तो चुनाव िगठबन्धन गर्न र गराउनमा शीर्ष नेतृत्वकै कमजोरी रहेको छ । यो कुरा यस जागरण अभियानबाट आउने थियो । तर, जनजागरण तल्लो तहमा पुगेको छैन । पुग्ने छाँट पनि छैन ।

यी आरोप प्रत्यारोपको समाधानले मात्रै कांग्रेसले भोगेको समस्याको समाधान दिँदैन । कार्यकर्ताहरुमा जागरण ल्याउने मात्र होइन, कार्यकर्तालाई राजनीतिक सिद्धान्तको प्रशिक्षण, संगठन गर्ने कलाको प्रशिक्षण, व्यवस्थापकीय प्रशिक्षण, विपक्षीसँग मुकाबिला गर्ने प्रशिक्षण, जनतामा जाने कुराको प्रशिक्षण, विकासका मुद्दा, कार्यकर्ताका बैयक्तिक समस्याका लागि पार्टीले गर्ने सहयोगको कुरा, किसान, मजदुर, पेशाकर्मीका समस्याका बारेमा पार्टीको अवधारणा र सहयोग, दलित, जनजाति, पिछडिएको वर्ग, व्यापारी, उद्योगपति, व्यवसायीका समस्या, क्षेत्र, भूगोललाई समेट्ने कांग्रेसको नीति, शैक्षिक, सामाजिक, आर्थिक र धार्मिक नीति, पार्टीका लागि कार्यकर्ता वा सदस्यले दिनुपर्ने योगदान, त्याग, तपस्या, पार्टीको अनुशासन आदिका बारेमा पनि जानकारी आवश्यक छ ।

जनजागरण अभियानबाट आम मानिस कांग्रेसले देशका लागि अहिलेसम्म गरेको कामका आधारमा र अब गर्ने कामका आधारमा प्रभावित हुन् र उनीहरु यात कांग्रेसमा प्रवेश गरुन् वा शुभेच्छुक भएर आउँदा दिनमा सहयोग गरुन् । त्यो त अहिलेसम्मको जनजागरण अभियानका कार्यक्रममा देखिएन ।

त्यसैले पंक्तिकारले यस अभियानलाई ताईं न तुईंको अभियान नामकरण गरेको छ । यसोभन्दा कट्टर कांग्रेसजनहरुलाई पोल्न सक्छ । चित्त दुख्न सक्छ । रिस पनि उठ्न सक्छ । पोलोस्, चित्त दुखोस् र रिस पनि उठोस् र कांग्रेस र कांग्रेसीहरु सुध्रिउन् भनेर पंक्तिकारले यी पंक्ति लेख्ने काम गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here