बीएन्डसीमा अब प्रोफेसर डक्टरको सेवा

0
1694

बिर्तामोड, झापाको बिर्तामोडका पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
बिर्तामोडको बीएन्डसी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमातहत रहेको क्यान्सर हस्पिटल निर्माणको अन्तिर चरण पुगेसंगै दुई जना प्रफेसर डाक्टर झापा आएका छन् ।
६ महिना भित्रै क्यान्सर अस्पताल सञ्चालनमा आउने र दुवै प्रफेसरले सेवा दिने जानकारी सहित विएण्डसी अस्पतालमा वुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । क्यान्सर अस्पतालका लागि गाइनोअंकोलोजिस्ट प्रो. डाक्टर गेहनाथ बराल र प्याथोलोजिस्ट प्रो. डाक्टर रीतु बराललाई अस्पतालले नियुक्त समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बिएन्डसीका निर्देशक निराजन पराजुलीले प्रोफेसरद्वयको आगमनले पूर्वाञ्चल क्यान्सर हस्पिटलले पूर्णता पाएको बताए । त्रिभुवन युनिभर्सिटीमा एमबीबीएस र एमडी गरेका प्रो.डा. बरालले महिलाको क्यान्सरसम्बन्धी फेलोसिप कोरिया र क्लिनिकल रिसर्च क्यानडामा गरेको बताए ।
मुल घर झापा गौरादहका उनले मेची अञ्चल हस्पिटलमा अढाइ वर्ष काम गरेको अनुभव पनि सुनाए ।विजनेस एडमिनिस्ट्रसनमा विशेष दख्खल राख्ने डा. बरालले क्यानडा हस्पिटल र पब्लिक हस्पिटल काठमाडौँमा लामो समय काम गरेका हुन् । उनी महिलाको क्यान्सरसम्बन्धी शल्यक्रिया गर्न अब्बल मानिन्छन् ।बिएन्डसीमा आउनुको कारण खोल्दै उनले भने, ‘सबै पूर्वाधार र सेवासुविधा भएकाले पनि काम गर्न इच्छुक भएको हुँ ।’ एकै ठाउँबाट क्यान्सर रोगको उपचार सम्भव हुने र बिरामीले अन्यत्र धाइरहनु नपर्ने देखेपछि उनले बिएन्डसीलाई रोजेको पनि सुनाए ।गाइनो क्यान्सर र युरो गाइनोकोलोजिस्टको विकास गर्न प्रेरित डा. बरालले बिएन्डसीमा क्यान्सरको उपचार हुनसक्ने सम्भावना देखेर आएको बताउँदै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई पनि धन्यवाद दिए ।अनुसन्धानमा विशेष रुचि राख्ने उनले काठमाडौँ केन्द्रित अनुसन्धान क्षेत्रको विकास बिएन्डसीबाट पनि गर्न सकिने बताए । उनले भने, ‘क्लिनिकल, एकाडेमी र रिसर्चको पूर्वाधार विकास बिएन्डसीमा देखेकाले पनि यहाँ सम्भावना छ ।

’गाइनोको क्षेत्रमा कम्प्लिट केयर दिनसक्ने दाबी गरेका उनले यहाँ टीम बनिसकेकाले पनि बिरामीले बाहिर जानु नपर्ने दाबी गरे । बिएन्डसीमा सबै विधामा जनशक्तिसहित प्रविधि भएकाले उनले खुसी पनि व्यक्त गरे । उनले भने, ‘रेडियो सर्जरी बिएन्डसीमा नेपालकै पहिलो हो ।’त्यस्तै, एमबीबीएस बंगलादेशमा र एमडी मनिपाल सिक्किममा गरेकी प्रो.डा. रितु बरालले बिएन्डसीमा रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटलमा फस्ट क्लासको प्याथोलोजी भएको सुनाइन् ।क्यान्सर कुन स्टेजको हो ? भन्ने जानकारी पाउने प्याथोलोजी सेक्टरको भएको बताउँदै उनले क्यान्सर हस्पिटललाई नभइ नहुने भनेकै प्याथोलोजी भएको बताइन् । काठमाडौँको किस्ट र पाटन हस्पिटलमा पढाएको अनुभव बोकेकी डा. बरालले यहाँ पनि एकाडेमी भएकाले काम गर्न उत्साहित भएको सुनाइन् ।मेची अञ्चलले पहिलोपल्ट प्रोफेसर डाक्टर पाएको भन्दै हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले खुसी व्यक्त गरे । ‘डाक्टर पढाउने डाक्टरले बिएन्डसीमा अब उपचार गर्छन्’, उनले भने, ‘अब बिएन्डसीको उपचार पहिलेभन्दा स्तरीय हुनेछ ।’सिक्ने, सिकाउने अनि सिकेको कुरा व्यवहारमा उतार्ने प्रोफेसर डाक्टरको लक्ष्य बिएन्डसीमा पूरा हुने बताएका उनले क्यान्सर हस्पिटल सञ्चालन, एकाडेमी सञ्चालन र एक जनालाई रोजगारी दिने अर्को लक्ष्य रहेको बताए ।बिएन्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार पूर्वाञ्चल क्यान्सर हस्पिटल करिब चार महिनाभित्रका सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
बिएन्डसीमा यसअघिदेखि अन्कोलोजिस्ट डा. वीरेन्द्र यादव र गाइनोकोलोजिस्ट डा. स्मृतिमुल जोशी र डा. सुनिता रेको टीम कार्यरत छन् ।
पछिल्लो समय झापामा क्यान्सर रोगीको संख्या दिन प्रतिदिन बढीरहेको भन्दै जस्तुसुकै अवस्थाको क्यान्सरको समेत उपचार हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here