उनको सामु…

0
431

१५ वर्षअघि रेकर्डिङ गरिएको गीत ‘उनको सामु’ को म्युजिक भिडियो बजारमा आएको छ ।

बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिले उक्त म्युजिक भिडियो बजारमा ल्याएको हो ।
सनलाइट रेकर्डिङ स्टुडियो बिर्तामोडमा रेकर्ड गरिएको गीतमा कृष्ण योञ्जनको स्वर, रतन राईको रचना र आनन्द सुब्बाको संगीत रहेको छ ।

कुमार गिरीको एरेन्ज रहेको उक्त गीतको निर्देशन, कोरियोग्राफी र कथा राज सुब्बा लावतीको रहेको छ भने चारआलीको युनिक मिडिया हाउसको पोस्ट प्रोडक्सन रहेको छ । उक्त म्युजिक भिडियोको छायांकन तथा सम्पादन सुबास लिम्बूले गरेका छन् ।

राज शेर्माको सहनिर्देशन रहेको म्युजिक भिडियोमा कैलाश कट्टेल, पूजा क्षेत्री, सन्दिप खत्री र दीपेन्द्र कार्कीले अभिनय गरेका छन् । कन्याम, दोमुखा र पाउ पाथीभरामा छायांकन गरिएको म्युजिक भिडियो युट्युव मार्फत् सार्वजनिक भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here