प्रहरी समुदाय मिलेर बनाए प्रहरी भवन

0
394

सप्तरी।

समुदाय र प्रहरी मिलेर सप्तरीको सप्तकोशी नगरपालिकामा नयाँ प्रहरी चौकी निर्माण गरिएको छ ।

प्राप्त नगद तथा स्थानीय समुदायको श्रमदान गरी रु ३८ लाख ६० हजार ३२४ को लागतमा सो चौकी निर्माण गरिएको हो । प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित सुविधासहितको नवनिर्मित सो चौकी उद्घाटन गर्नुभयो ।

आफ्नो भवन नहुँदा अति पुरानो भवनमा बसेर काम गर्नुपर्दा प्रहरी नै असुरक्षित भएपछि २०७० सालदेखि स्थानीयवासी र प्रहरी मिलेर भवन निर्माण गर्न थालेका थिए ।

नयाँ भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रु १३ लाख ४४ हजार उपलब्ध गराएको भवन निर्माण समितिका संयोजक अशोककुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि सप्तकोशी नगरपालिकाले रु १३ लाख सहयोग गरेको र स्थानीयवासीले रु पाँच लाख ६० हजार ४६५ चन्दा सङ्कलन गरेका थिए ।

दुई कट्ठा १६ धुरमा फैलिएको दुईतल्ले भवनमा कार्यालयका प्रमुख कक्ष, प्रशासनिक कक्ष, महिला तथा पुरुषका छुट्टाछुट्टै हिरासत कक्ष, प्रहरी कर्मचारीको ब्यारेक र भान्छा घरसहित १० वटा कोठा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here