बिर्तामोडमा मिनी मेला

0
555

बिर्तामोड ,लागूऔषध तथा कूलतमा फसेकाहरुलाई सहयोग गर्ने उदेश्यले झापाको बिर्तामोडमा १५ दिने मिनी मेला शुरु भएको छ ।
शान्ति समूह नेपाल सुधार केन्द्र बिर्तामोडको आयोजनामा जेठ १ गतेदेखि १५ गतेसम्म मेलाको आयोजना गरिएको मेला आयोजक समितिले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
लागूऔषध न्यूनीकरण, जनचेतनामुलक कार्यक्रम, लागूऔषधका घाइते तथा विरामीलाई आर्थिक सहयोगका निमित्त मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक दिलु दाहालले बताए । मेलामा १५ देखि २० वटा स्टल समेत रहने उनले बताए ।


मेलामा रोटेपिङ, नाउरेस, ड्राइगेन रेस, सिक्स रेस, हात्ति घोडा रेस, डटखेल, वल खेलसहित स्थानीय तथा राष्ट्रिय कालाकारहरुको सांस्कृतिक कार्यक्रम समेत हुने अर्का मेला सञ्चालक रेवत कटुवालले बताए । मेलामा अनुमानित १० लाख खर्च हुने र संकलीत रकमबाट सम्पूर्ण खर्च कटाएर बचत रकमले लागूऔषध न्यूनीकरणमा खर्च गरिने उनले बताए । मेलाको बिर्तामोड नगरपालिका वडा नं. १ का अध्यक्ष अग्नि पाण्डेले उद्घाटन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here