बुद्धशान्तिमा साहसिक खेल जीप फ्लाइङको संम्भावना

0
987

अनिल वाग्ले, बुधबारे ।

जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मनपराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप प्mलाइङ सञ्चालनमा छन् ।

झापाको बुद्धशान्तिमा पनि जीप प्mलाइङको संम्भावना देखिएको छ । वडा नम्बर ७ र वडा नम्वर ६ लाई जोड्ने गरी जीप प्mलाइङ सञ्चालन गर्न सकिने संम्भावना देखिएको हो । वडा नम्वर ७ को जरेबरबाट वडा नम्वर ६ सम्मको दूरीमा यो खेल सञ्चालन गर्न सकिने इन्जिनियर अर्जुन घिमिरेले बताएका छन् ।

टिमाई खोलाको वारीपारि गरेर यो खेल सञ्चालन गर्न सकिने सम्भावना छ । ‘यस क्षेत्रमा जीप फ्लाइङको संम्भावना छ, यसलाई अध्ययन गरेर यकिन गर्न सकिन्छ।’– इन्जिनियर घिमिरेले भने । नेपालमा जीप प्mलाइङका लागि भारत, अमेरीका लगायत यूरोपियन मुलुकका पर्यटकहरु बढी आउने तथ्याङ्कले देखाएको छ । यस क्षेत्र भारतको सिमाना नजिक भएकाले भारतीय पर्यटक अत्यधिक आउन सक्ने छन् ।

जीप फ्लाइङ गर्नेमा आन्तरिक पर्यटकहरु पनि अत्यधिक हुने तथ्याङ्कमा देखाइएको छ । जीप फ्लाइङ सञ्चालन गर्न विजुलीको पनि आवश्यकता पर्दैन । जसले सञ्चालन लागत कम हुन्छ । डोरीको सहायताले यो खेल बसेर अथवा सुतेर खेल्न सकिन्छ ।

यो खेल गुरुत्व आर्कषण बलको सहायताले खेलिने हुँदा अन्य बाहिरी इन्धनको प्रयोग गर्नुपर्दैन । खेल्ने व्यक्तिले हेन ब्रेकको सहायताले उडान नियन्त्रण गर्नुपर्ने हुन्छ । साहसिक खेलका रुपमा मात्र होइन यसलाई सामान ओसार प्रसार गर्न पनि प्रयोग गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here