बाहुण्डाँगी जेसीजको प्रभावकारी भाषणकला सम्पन्न

0
1120

बाहुण्डाँगी ।

बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत ‘प्रभावकारी भाषण कला’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन तालिमा मेचीनगरका २६ वटा माध्यमिक तहका सामुदायिक तथा नीजि विद्यालयका ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पहिलो दिन नेपाल जेसीजकी ट्रेनर मञ्जरी घिमिरे र दोस्रो दिन विराट एफएमकी प्रबन्धक लिला अनमोलले गर्नु भएको थियो ।

यस तालिममा सहभागी विद्यार्थीले जेठ १७ गते बाहुण्डाँगीमा हुने मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा भाग लिनेछन् । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले नगद पुरस्कार सहित ‘जेसीज अफ द अवार्ड’ प्राप्त गर्नेछन् ।

बाहुण्डाँगी जेसीज वर्ष २०१९ का अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व तथा नेपाल ेसीज क्षेत्र क का थिम डाइरेक्टर अजयकुमार देवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष जीवन मोते, सहभागीका तर्फबाट विद्यार्थी सहिद दशरथ माविकी स्वीकृति सिग्देल र एभ्रेष्ट अंग्रेजी स्कुलका प्रविन ठाकुरले तालिममा सिकेका सीपलाई आफ्नो व्यवहारमा लागु गर्न आग्रह गर्नु भएको थियो ।

सहभागी विद्यार्थीहरुलाई सहभागीता प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमको संयोजक प्रविण भण्डारीले बताउनु भयो । कार्यक्रमको संचालन महासचिव देबु बानियाँले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here