सहाराको शैक्षिक बचत प्रोत्साहन कार्यक्रम

0
689

बिर्तामोड,सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडको शैक्षिक बचत प्रोत्साहन कार्यक्रम अन्तरगत ४ सय भन्दा बढी बिद्यार्थीमाझ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीमा शैक्षिक बचत गर्ने विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा सहभागी विद्यार्थी मध्ये ३५ जना विद्यार्थीलाई उत्कष्ठताको आधारमा छात्रवृत्ति प्रदान गरियो । उनीहरुलाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।
विगतका वर्षमा झैं सहकारीले यस वर्षपनि आफ्नो नियमित कार्यक्रम अन्तरगत शैक्षिक बचत प्रोत्साहन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थीलाई चित्रकला प्रतियोगिता समेत सहभागी गराइएको थियो ।
प्राज्ञ पवन राजवंशीले चित्रकलाका विषयमा विद्यार्थीलाई परामर्श दिएका थिए । प्राज्ञको राजबंशीको परामर्शपछि शैक्षिक बचत प्रोत्साहन कार्यक्रममा सहभागी विद्यार्थीले चित्र तयार गर्दै प्रर्दशन गरेका थिए ।
सो समारोहमा सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सहकारीले सञ्चालन गरेको शैक्षिक बचत प्रोत्साहन कार्यक्रमको औचित्यका विषयमा प्रकाश पार्दै सहकारीले आगामी दिनमा गर्ने कार्यक्रमको समेत जानकारी गराएका थिए ।
यसपटक सो संस्थाले आयोजना गरेको शैक्षिक बचत प्रोत्साहन कार्यक्रममा बाल बालिकाहरुमाझ चित्रकला प्रतिस्पर्धात्मकरुपमा संचालन गरिएको थियो । जसबाट बालबालिकाहरमा आफ्नो क्षमताको पहिचान गर्न सहज हुने संस्थाले आशा राखेको संस्थाका अध्यक्ष संजेलले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here