बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोरः केबी गुरुङ

0
846

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवम् बीपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले नेपाली कांग्रेसले वीपीको विचार आत्मसाथ गर्न नसकेको आरोप लगाएका छन् ।

बीपी विचार राष्ट्रिय समाजको सातौं साधारणसभामा उनले बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोर भएको टिप्पणी गरे ।

वीपीका विचार अहिले पनि सान्दर्भिक रहेको भन्दै सबै राजनीतिक दलको मेलमिलापबाट मात्र मुलुकले निकास पाउने उनको भनाइ थियो ।

कांग्रेस नेता विनयध्वज चन्द र गोविन्दराज जोशीले शीर्ष नेताहरुको कार्यशैलीका कारण नेपाली कांग्रेस पराजित हुनुपरेको बताए । बीपीको आदर्श र सिद्धान्तप्रति इमान्दार भएर लाग्नुपर्ने उनीहरुको भनाइ थियो । त्यस्तै वीपी विचार राष्ट्रिय समाजको बार्षिक साधारण सभा काठमाडौंमा भइरहेको छ ।

सभामा वीपी विचार राष्ट्रिय समाजका पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेश सभाका पदाधिकारी, केन्द्रीय विभागका संयोजक एवं सदस्यहरु, प्रदेश सभाका पदाधिकारीहरु , जिल्लाका जिल्ला सभापतिहरु सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here