सप्तरीमा पाँच घर जल्यो

0
440

राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका–३, गौराटोलमा शनिबार आगोलागी हुँदा पाँचओटा घर जलेर नस्ट भएका छन् । स्थानीय राशिन्द्र यादवको घरमा विद्युत् ‘सर्ट’ भएर आगो फैलिएको जनाइएको छ ।

आगोलागीबाट यादवको एकसहित छिमेकीहरू जयनारायण यादव, काशिन्द्र यादव, ध्रुवकुमार यादव र जागेश्वर यादवसमेतको एक/एकओटा घर पूर्णरूपमा जलेका हुन् । आगोलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कुखुराका चल्लालगायत पूर्णरूपमा जलेर क्षति भएको पीडितले जनाएका छन् ।

राजविराज र शम्भुनाथ नगरपालिकाबाट पुगेका वारूणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोलागीबाट करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here