सुरुङ्गा खानेपानीमा अधिकारी प्यानल विजयी

0
676

सुरुङ्गा। सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमितिको निर्वाचनबाट भीमप्रसाद अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् ।

नौ वटै पदमा अधिकारी प्यानल विजयी बनेको हो । अधिकारीले एक हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी प्रेमप्रसाद दाहालले एक हजार ८२ मत प्राप्त गर्न सफल भएका छन् । कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलकै युवराज संग्रौलाले एक हजार दुई सय ८६ मत प्राप्त गरी विजयी बनेका छन् भने प्रत्यासी यमनाथ सेढाईंले एक हजार २२ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा मीनकुमार प्रधान (गोपाल)ले एक हजार दुई सय ९२ मत प्राप्त गरी विजयी बनेका छन् भने प्रत्यासीका रुपमा रहेका दाहाल प्यानलका टीकाप्रसाद पाठकले एक हजार पाँच मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा रामबहादुर न्यौपानेले एक हजार दुई सय पाँच मत प्राप्त गरी विजयी बनेका छन् भने प्रत्यासी सुरेशकुमार गुरुङ्ले एक हजार ७६ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यहरुमा अधिकारी प्यानलकै भरतकुमार श्रेष्ठले एक हजार दुई सय ९८ मत, बलराम अधिकारीले एक हजार एक सय ८६ मत, सूर्य गुरुङ्ले एक हजार दुई सय ४८ मत, अम्बिका चापागाईले एक हजार दुई सय २३ मत र धनमाया चिमरियाले अत्यधिक मत एक हजार तीन सय ८० मत प्राप्त गरी विजयी बनेका छन् ।

प्रत्यासीका रुपमा रहेका संयुक्त प्यानलका सदस्यहरुमा राजेन्द्र उप्रेतीले एक हजार एक सय ५२ मत, रमेश हुमागाईंले एक हजार ३२ मत, भीष्म मैनालीले एक हजार एक सय १२ मत, कल्पना ढकालले एक हजार ४९ मत र चित्राकुमारी श्रेष्ठले नौ सय ४१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

तीन हजार छ सय उपभोक्ता घरधुरी रहेको सेवाक्षेत्रका सदस्यता नवीकरण गरेका कूल २८ सय २५ मतदाता संख्या रहेको थियो । निर्वाचनमा २४ सय ८९ मत (८४.५७) खसेको थियो भने पदाधिकारीतर्फ २६ मत र सदस्यतर्फ ४९ मत बदर भएको थियो । चुनाव सम्पन्न गर्न टीकाकुमार पोखरेलको संयोजकत्वमा गंगाप्रसाद ढुंगेल र दुर्गाप्रसाद प्रसाईं सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले भूमिका निभाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here