मदिरा व्यवसायलाई व्यवस्थित गरिने

0
912

सुरुङ्गा। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले मदिरा व्यवसायीहरुको अवस्था पहिचान गरेर व्यवसायलाई व्यवस्थित गर्ने कार्यमा राज्य सधैं सकारात्मक रहेको बताएका छन् ।

संस्था कनकाई मदिरा व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । कार्यक्रममा मदिरा व्यवसायीहरुको सरकारले आफूहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । राज्यलाई राजस्व बुझाउने व्यवसायीहरु मध्येको तेस्रो स्थानमा रहेको मदिरा व्यवसायको संरक्षण र प्रबद्र्धनका लागि उत्साह जगाउँदै राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने तर्फ व्यवसायीहरुले जोड दिए ।

कार्यक्रममा संघका नगर अध्यक्ष गोपाल चुडालले मदिरा व्यवसायीप्रति राज्यको गलत नीति भएकै कारण व्यवसायीहरु असुरक्षित बन्दै गएको आरोप लगाए । ग्रामीण क्षेत्रमा अव्यवस्थित रुपमा घरेलु मदिरा बिक्री–वितरण गरिरहेका व्यवसायीहरुलाई सरकारले व्यवस्थित गर्नुपर्ने तर्फ जोड दिँदै अध्यक्ष चुडालले दर्ता बेगर सञ्चालन भएका मदिराजन्य व्यवसायको पहिचान गरेर कानूनी दायराभित्र ल्याउन माग गरे ।

संघका झापा जिल्ला उपाध्यक्ष गोकुल होमगाईंले मदिरा व्यवसायीहरुले आन्तरिक राजस्व कार्यालयबाट विधिवत्रुपमा दर्ता भएर व्यवसाय सञ्चालन गर्न सम्पूर्ण मदिरा व्यवसायीहरुलाई अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here