कालिदासको पहलमा कांकरभिट्टामा ट्राफिक ‘डमी’

0
848

बिर्तामोड ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा भन्ने बित्तिकै सबैले सोध्ने नाम हो ? कालिदास रेग्मी ।

लामो समयदेखि ट्राफिक प्रहरी कार्यालय झापामा सक्रिय रुपमा रहेका प्रहरी नायब निरीक्षक कालिदास रेग्मी सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा रहदा उनले विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुका साथै दुर्घटनाभएको स्थानमा आफैं पुग्ने गरेका थिए ।

हाल मेचीनगर अन्र्तगत कांकरभिट्टाको जिम्मेवारी सम्हाल्न पुगेका रेग्मीले जिल्लामा नै पहिलो पटक दुर्घटना न्यूनिकरणमा सहयोग पु¥याउने उद्धेश्यले मेचीनगर– ६ स्थित सडक खण्डमा बसपार्क प्रवेश गर्ने र निस्कने स्थानमा ट्राफिक डमी राखिएको प्रहरी नायव निरीक्षक रेग्मीले बताए ।

उनले नो पार्किङ बोर्ड, विद्यालयमा ट्राफिक नियम पालाना सम्बन्धि प्रयिशक्षण प्रदान गरेको ट्राफिक प्रहरी पोष्ट काकडभिटटाका प्रमुख रेग्मीले जानकारी दिए । उनले कांकरभिट्टाको जिम्मेवारी सम्हाले पछि सबैको ट्राफिक नियम उल्लघन घटेको स्थानीयले बताएका छन् ।

कांकरभिट्टामा ट्राफिक ब्यवस्थापनका लागि सबैको साथ पाएको र अब थप व्यवस्थित गर्ने विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने रेग्मीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here