भूकम्प जान्छ भनेर भ्रम फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

0
551

काठमाडौं ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहेका ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् ।

उनले देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउदै आएका थिए ।  महानगरीय प्रहरी परिसर काठमाडौंले  सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा उनलाई अभियोगमा पक्राउ गरेको हो ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । साथै आफुले भनेका सबै कुराहरु मिल्दै आएको र यो पनि मिल्ने भन्दै  अन्तर्वाता दिदै आएका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको  गौशाला महानगरीय प्रहरी परिसरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here