सुनसरीमा फैलिएको डेंगु नियन्त्रणबाहिर

0
568

काठमाडौं,

पछिल्लो तीन साताको अवधिमा सुनसरीका विभिन्न ठाउँमा एकैपटक धेरैजनामा डेंगु देखिएपछि उच्च सतर्कता अपनाइएको छ।

धरानमा  केही दिनदेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएपछि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहोनी नै डेंगु प्रभावित क्षेत्रमा पुगेका थिए। डेंगु फैलिएपछि  केन्द्रबाट  २०० थान डेंगु किट  लिएर महानिर्देशक सुनसरी पुगेका उनले डेंगु नियन्त्रणका लागि पुन पाँच सय थान किट मागिएको बताए।

पहिलेको भन्दा केही कम संक्रमण फैलिए पनि अझै डेंगु नियन्त्रणमा नआएको सुनसरीस्थित डेंगु प्रभावित क्षेत्रमै रहेका महानिर्देशक डा लोहोनीले बताए। उनले भने, ‘केहीलाई आइसियुमा समेत राखेर उपचार गरिएको छ, पहिलेको भन्दा कम डेंगु फैलिए पनि अझै नियन्त्रणमा आएको छैन।’ पछिल्लो तीन सातायता धरानका विभिन्न अस्पतालमा परीक्षण गरिएका मध्ये ७५ जनामा डेंगु पोजेटिभ देखिएको समेत डा लोहोनीले बताए।

महानिर्देशक डा लोहोनीले भने, ‘गत ३० वैशाखमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु रोग निदान भएको थियो। त्यसपछिको २१ दिनमा आजसम्म प्रतिष्ठानमा परीक्षण गराएका ११३ जनामध्ये ६२ जनामा डेंगु पोजेटिभ देखिएको छ। यस्तै, धरानकै विजयपुर अस्पतालमा परीक्षण गरेकामध्ये १३ जनामा पनि डेंगु पोजेटिभ देखिएको छ।

‘अहिले धरान नगरपालिकाको ८ र १५ नम्बर वडा बढी प्रभावित भएको र ७,९ र १३ वडामा समेत डेंगु फैलन थालेको डा लोहोनीको भनाइ छ। बिरामीको संख्या बढ्दै गए पनि मृत्यु भने कसैको नभएको महानिर्देशक डा लोहोनीले बताए।

महाशाखाले डेंगु नियन्त्रणका लागि प्रतिष्ठानमा हेल्थ डेस्‍क स्थापना गरिएको र थप डेंगु फैलन नदिन जिल्लाका विभिन्न स्वास्थ्य संस्था, अस्पताल,  र नगरपालिकाका स्वास्थ्य क्षेत्रका फोकल पर्सनहरूसँग समन्‍वयन गरिरहेको समेत महानिर्देशक डा लोहोनीले बताए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here