हट अबतारमा अदिति बुढाथोकी

0
1881

काठमाडौं,

अभिनेत्री अदिति बुढाथोकी अहिले निकै चर्चाकी पात्र बनेकी छिन् । उनका सार्वजनिक हट तस्वीरकै कारण चर्चाकी पात्र बनेकी हुन् । सामाजिक सञ्जालमा पनि हट तस्वीरकै कारण भाइरल बन्छिन् ।

चलचित्र ‘कृ’मा नायक अनमोल केसीको अपोजिट भएर काम गरेपछि उनी नेपाली दर्शकको मन जित्न सफल भएकी हुन् । भारतमा बस्दै आएकी अदिति अहिले बलिउडमा जम्ने प्रयासमा छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।

केही समय अगाडी मात्रै उनको अभिनय रहेको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । भारतीय अनलाइन पोर्टल ‘एबिपी न्युज’ ले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार समेत प्रकाशित गरेको थियो ।

अदितीका केही तस्बिर अहिले पनि इस्टाग्राम र फेसबुकमा भाइरल भएका छन् । इस्टाग्राममा अदितीका लाखौँ फ्लोअर्स छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here