आफ्नै नवजात शिशुलाई खोलामा छाडेर भाग्ने आमा उर्लाबारीबाट पक्राउ

0
830

मोरङ ।

आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । गएको चैत २ गते आफैले जन्मदिएको शिशु बालकलाई मावाखोला बाँसखारीमा छाडेर भागेकी बालककी आमा माया राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तो छ घटना

मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ स्थित नवनिर्मित बसपार्क छेऊको मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा २०७५ चेत २५ गते शिशु फेला परेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी निरीक्षकसमेतको टोलीले त्यो नाबालकलाई उद्दार गरी गोदावरी हस्पिटल उर्लाबारीमा उपचारका लागि पठाएको थियो ।

बच्चाको आमा खोजतलास गर्दै जाने क्रममा इलामको माङसेबुङ गाउँपालिका(६, स्थायी घर भई उर्लाबारी नगरपालिका ६ पानीटंकीका अमृत तामाङको घरमा बस्दै आएकी करिब ३० वर्षीया माया राईको रहेको अनुसन्धानबाट पत्ता लगायो ।

लामो समय खोजी गर्दा पनि फेला नपरेकी शिशुकी आमा खोज्ने क्रम प्रहरीले जारी नै राखेको थियो । नवजात शिशुलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएकोमा शिशुकी आमा माया राई नोबेल अस्पतालमा आफै उपस्थित भएको समेत प्रहरीले पत्ता पायो । तर नवजात शिशुको २८ गते बिहान उपचारका क्रममा मृत्यु भएपश्चात अस्पताल परिसरबाट मृतक नवजात शिशुकी आमा माया राई भागेको प्रहरी बताउँछ ।

वैशाख २ गते इलाका प्रहरी कार्यालय उर्लाबारीले उनका विरुद्धमा मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्यो ।

बच्चाको मृत्युपछि फरार रहेकी मायालाई खोज्न भने प्रहरीले छाडेन । झापाको दमक नगरपालिका(७, रतुवाखोला किनारामा रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आइरहेको भन्ने सूचनाको आधारमा निगरानी गर्दै जाँदा उनलाई उर्लाबारी(,५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निररुीक्षक राम तिमल्सिनाले जानकारी दिनुभयो ।

पक्राउ परेकी मायालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकी मायाले २०७५ असारमा काठमाण्डौमा भेट भएका एक व्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उज्यालोबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here