४४ अर्बको खाद्यान्न आयात

0
1142

झापा।

चालू आर्थिक वर्षको १० महिनामा भारत लगायतका मुलुकबाट ४४ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । माग अनुसारको आपूर्ति हुन नसक्दा खाद्यान्नमा वर्षेनी परनिर्भरतासमेत बढदै गएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा ४४ अर्ब १४ करोड ६० हजार रुपैयाँ बराबरको चामल, मकै, गहँु लगायतका खाद्यान्न आयात भएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ अर्ब ७७ करोड ५३ लाख ९६ हजार रुपैयाँले बढी हो ।

गत वर्ष ३६ अर्ब ३६ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको खाद्यान्न मुलुकमा भित्रिएको थियो । मुलुकमा अर्बांै रुपैयाँको खाद्यान्न आयात हुँदा २ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ । भारतसहित चीन, थाइल्यान्ड, बंगलादेशबाट खाद्यान्न आयात हुने गरेको छ ।

खेतीयोग्य जमिन घट्दै गएको र काम गर्ने जनशक्ति अभावले माग अनुसार उत्पादन नहुँदा ठूलो परिमाणमा खाद्यान्न आयात हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here