फेसबुकमार्फत सहयोग

0
334

दानावारी।

इलामको माई नगरपालिका –१ आँपटारी निबासी बिमल राईलाई उपचारका लागि फेसबुकमार्फत संकलन गरिएको रकम मंगलवार एक कार्यक्रमका बीच पीडितलाई बितरण गरिएको छ ।

मलेशियामा रहेका नेपालीहरुले संकलन गरी पठाएको रकम एक कार्यक्रमका बीच माई –१ का वडा सदस्य रश्मिला बराइली र स्थानीय बीरबहादुर पापो लिम्बूले प्रदान गरेका थिए । बिगत ३० महिना अघि मलेशियामा नै काम गर्न जाने क्रममा खुट्टा भाँचिएर जटिल अबस्थामा थलिएका राईको उपचारमा सहयोग हुने गरी नगद ४० हजार एक सय पचास सहयोग जुटाएको बताइएको छ ।

माई –३ का शिक्षक तथा समाजसेबी वीरबहादुर पापो लिम्बूमार्फत मलेशियामा कर्यरत भूवनसिंह राईमार्फत १३ जनाबाट संकलित २२ हजार २२ रुपैयाँ र लक्ष्मण पूर्बछानेमार्फत ५९ जना नेपालीहरुबाट संकलित रु. १८ हजार एक सय उनन्तीस रुपैयाँ संकलन गरी पीडित राईलाई प्रदान गरिएको हो ।

पापो लिम्बूको फेसबुक आईडीमार्फत संकलन भएको रकम बितरण गरिएको लिम्बूले बताए । मलेशियामा खुट्टा भाँचिएर नेपाल ल्याइएका राईको बीएण्डसी अस्पतालमा २५ दिन राखेर उपचार गर्दा पनि निको नभए पछि आर्थिक अभावमा घरमा नै कष्टकर जीवन बिताउँदै आएका छन् । सहयोगीहरुको यो मनले निको हुने आशा पलाएको पीडित राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here