करेन्टले हात गुमाएपछि सहयोगको अपिल

0
285

भद्रपुर।

करेन्ट लागेर गम्भीर घाइते भएका भद्रपुर नगरपालिका –५ स्थित मेचीकिनार बस्ने १८ वर्षीय राजु साहको उपचार खर्चमा सहयोग पुर्याइ दिन उनका परिवारजनले आग्रह गरेका छन् ।

बिजुलीको काम गरी परिवार पाल्दै आइरहेका साहलाई बैशाख ११ गते हाइटेन्सन तारबाट करेन्ट लागेको थियो । भद्रपुर –५ स्थित बधशाला अगाडि एउटा विवाह पण्डालमा बिजुलीको तार जोड्ने क्रममा सडक पोलको हाइटेन्सन तारबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको दायाँ हात र खुट्टासहित शरीरको विभिन्न भाग जलेको थियो ।

मेची अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सोही दिन विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । घाइते साहको अवस्थामा नाजुक नभएपछि नोबेलका चिकित्सकले उनको एउटा हात काटि दिएको छ । राजुको परिवारमा आमा लखिया र दुई जना बहिनी छन् । बुबा अर्को विवाह गरेर बेग्लै बस्दै आएका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएका राजुको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको उनकी आमा लखियाले बताइन् ।

स्थानीयको सहयोगमा अहिलेसम्म रकम जुटाएर छोराको उपचार गराइरहेका छांै’–उनकी आमा लखियाले भनिन्– उपचारमा थप १० लाख रुपैयाँ लाग्ने चिकित्सकले जानकारी गराएकोले सबै समक्ष आर्थिक सहयोगको अपिल गर्दछौं ।
यसैबीच भद्रपुरमा युवाहरुको एक भेलाले राजु साह उपचार संकलन समिति गठन गरेको छ । स्थानीय दिलीप भुइँमालीको संयोजकत्वमा ११ सदस्यीय उपचार संकलन सहयोग समिति गठन गरेको हो ।

संयोजक भुइँमालीका अनुसार अस्पतालमा रहेको साढे चार लाख अझै तिर्न बाँकी रहेको छ, थप उपचारका लागि १० लाख चाहिन्छ, त्यही भएर समिति गठन गरेका छांै । राजुको एउटा हात काटिसकेको छ– उनले भने–खुट्टा पनि काट्नु पर्ने चिकित्सकले बताएका छन्, परिवारसंँग पैसा छैन, त्यही भएर आर्थिक संकलनमा युवाहरु जुटेका हौं ।

उनको उपचारका लागि बैंक खाता नम्बर ०३९०५८७४९९२०५००१ मा उपचारका लागि आर्थिक सहयोग गरि दिनुहुन संयोजक भुइँमाली समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here