पूर्व प्रहरी संगठन बिर्तामोडमा मल्ल

0
795

बिर्तामोड।

नेपाल पूर्व प्रहरी संगठन नगर कार्यसमिति बिर्तामोडको अध्यक्षमा मोहनविक्रम मल्ल चयन भएका छन् ।

संगठनको बिर्तामोडमा भएको भेलाले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष राम शम्शेर राणा, सचिव सार्कीधन राई, कोषाध्यक्ष आशा राजवंशी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा भोजकुमार मास्के, उषा लोक्ताम, कमला भट्टराई, गोपाल विश्वकर्मा, अमरबहादुर बराईली, पदमबहादुर घिसिङ, हेमराज मैनाली, लक्ष्मी वस्याल, लीला गुरुङ रहेका छन् ।

मोहनविक्रम मल्लको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कमला भट्टराईले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य इन्द्रप्रसाद ओली, प्रदेश संयोजक बाबुराम श्रेष्ठ, उपसंयोजक बलबहादुर श्रेष्ठ, जिल्ला कार्यसमिति झापाका अध्यक्ष खेमराज कार्की, संस्थाका कनकाई नगर अध्यक्ष हरिप्रसाद सेढाई लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल पूर्व प्रहरी संगठन प्रदेश नं. १ का सचिव देवीभक्त आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here