हिन्दू परम्परा अनुसार गाईको दाहसंस्कार

0
608

बिर्तामोड।

भुइँमा लडाएर राखिएको शव, वरिपरि मानिसहरूको भीड, शव हेरिरहेका मानिसको गहभरी आँशु, कतिपय त को मान्छे मर्यो होला भनेर हतार–हतार दौडिँदै आएको दृश्य देखिन्थ्यो ।

झापाको सुरुङ्गा कन्काई माईमा देखिएको दृश्य हो यो । त्यहाँ कुनै मानिस मरेको नभएर राष्ट्रिय जनावरको रूपमा लिइने गाईको शव थियो । त्यहाँ मृतक गाईलाई नुहाइदिनुका साथै फूलमाला लगाएर श्रद्धाञ्जलि अर्पण गरिएको थियो । उपस्थित सबै मानिसले पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जलि अर्पण गरेका थिए । यस्तै हरेराम लेखिएका पहेँलो वस्त्रले गाईको शव ढाकिएको थियो ।

झापा बिर्तामोड– ४ पौरखी टोलका कमलबहादुर बस्नेतले मृतक गाईको हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका हुन् । आफूले बिगत चार बर्षदेखि पालेर राखेको गाईको बिहीबार एक्कासी मृत्यु भएपछि मान्छेको जस्तै दाहसंस्कार गरिएको उनले बताए ।

हिन्दू धर्म मान्नेहरूका लागि महत्वपूर्ण मानिने र बहुगुणी रहेको गाईलाई पछिल्लो समयमा स्याहार गर्न छोडेको भन्दै गाईको महत्वबारे जानकारी दिनको लागि हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको उनले बताए ।
आफूले चार वर्षदेखि पालेर राखेको गाईको एक्कासी मृत्यु भएपछि हिन्दू परम्परा अनुसार गाईको दाहसंस्कार गर्नुका साथै एकछाक समेत छोडेको उनले बताए ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका बस्नेतले आफूले पालिआएको गाईवस्तुलाई मानिस सरह व्यवहार गर्नुपर्ने सन्देश दिन समेत यस्तो कार्य गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here