वडा मदिरा निषेधित क्षेत्र घोषित

0
1048

सिमकोट।

ताँजाकोट गाउँपालिकाको वडा नम्बर एक मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । पालिकाको पूर्व कार्यक्रम अनुसार उक्त वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । अब मदिरा निषेधित क्षेत्र घोषित भएपछि कसैले मदिरा सेवन गरेको पाईए कानूनी कारवाही गरिने भएको छ ।

वडा नम्बर १ का अध्यक्ष विरमान खड्काको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । स्थानीय र विद्यार्थीहरुको र्यालीले गाउँ परिक्रममा गरि जनप्रकाश मावि भैसाामाझमा कार्यक्रम भएको गाउँपालिकाका कर्मचारी जगत शाहीले बताउनुभयो ।

कार्यक्रममा आजबाट उक्त वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि मदिरा प्रयोग गर्न पाईने छैन । अब असार ८ गते गाउँपालिकालाई नै मदिरा मुक्त घोषणा गरिने कार्यक्रम रहेको पालिका अध्यक्ष बाग्दल मल्ले बताउनुभयो । उक्त कार्यक्रम मुख्यमन्त्रीले घोषणा गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here