भोजपुरमा बम फेला परेको आशंका

0
395

भोजपुर ।

भोजपुर सदरमुकामस्थित देउराली बजारको चोकमा शंकास्पद वस्तु भेटिएको छ । रातो झोलामा राखिएको वस्तु बम भएको आशंकामा स्थानीयबासीले प्रहरीलाई खबर गरेका छन्।

देउराली चोकबाट बोखिमतर्फ जाने बाटोको सिँढीमा झोलामा शंकास्पद बस्तु फेला परेको हो । उक्ता झोलामा भएको वस्तु बम भएको आशंकामा नेपाली सेनाले डिस्पोजको त्यहाँ पुगेको छ।

नेपाल प्रहरीको टोलीले त्यो स्थानलाई सुरक्षा दिएर राखेको छ । बम रहेको आशंकामा स्थानीय त्रसित बनेका छन् । थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here