घर भत्काउँदा एक करोड ३२ लाख क्षतिपूर्ति

0
466

बिर्तामोड।

निर्माणाधीन बिर्तामोड– चन्द्रगढी सहायक राजमार्गको बिर्ताबजार क्षेत्रमा सडक सीमाभित्र परेर घर भत्काएका थप सात जना घरधनीहरुले क्षतिपूर्ति पाएका छन् ।

घर भत्काउने ७ जना घरधनीहरुले दोस्रो चरणमा १ करोड ३२ लाख ७३ हजार ७ सय ६३ रुपैयाँ क्षतिपूर्ति पाएका हुन । क्षतिपूर्ति पाउनेहरुमा भीम आचार्यले १३ लाख ६६ हजार २ सय, रामाशंकर साहले ३२ लाख ६५ हजार ५ सय ६८, मुकुन्द पौडेलले २६ लाख ९८ हजार ७ सय ४०, सुदेश प्रधानले ७ लाख ६८ हजार ५ सय १५, रामकुमारी साहले २४ लाख ८४ हजार ९ सय ९६, बिष्णुप्रसाद उप्रेतीले २२ लाख ८६ हजार ९ सय ४४ र हेमनारायण राजवंशीले ४ लाख २ हजार ८ सय रुपैयाँ सरकारबाट क्षतिपूर्ति पाएका हुन् । यसअघि पहिलो चरणमा ६ जनाले ४४ लाख ७ हजार ५ सय ७२ रुपैयाँ क्षतिपूर्ति पाएका थिए ।

गत जेठ २ गतेको नेपाल सरकार मन्त्रिपरिषद बैठकले निर्माणाधीन बिर्तामोड–चन्द्रगढी सहायक राजमार्गको बिर्ताबजार क्षेत्रमा सडक सीमाभित्र परेका जग्गामा बनेका स्थायी वा अस्थायी घरटहरा तथा अन्य संरचनाहरुको क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

त्यसबारे अवगत गराउँदै सडक डिभिजन दमकका लेखापाल दिलबहादुर श्रेष्ठले पूर्णरुपमा भत्काउनेहरुलाई चेक हस्तान्तरण गरेको बताउँदै अन्यलाई घरटहरा भत्काएपछि क्रमशः क्षतिपूर्ति दिँदै जाने जानकारी दिए । सो सडकको सीमाभित्र २९ जनाको घर परेको छ । उनीहरुलाई ३ करोड १ लाख ५४ हजार ५ सय ६८ रुपैयाँ क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको छ ।

बिर्तामोड –३ नं वडा कार्यालयमा भएको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य एकराज कार्कीले राज्यले उचित मूल्यांकन गरेर घरधनीहरुलाई क्षतिपूर्ति दिएको बताए ।

बिर्तामोड –३ का वडाध्यक्ष भोजराज सिटौलाकोे अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रेडक्रस सोसाईटी बिर्तामोडका सभापति सजेश शिवाकोटीले पनि क्षतिपूर्ति वापतको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार इन्द्रसिंह राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here