पहिरोसँगै बगेर भीरमा अड्किएका मोटरसाइकल चालकको मृत्यु

0
864

पाल्पा,
पाल्पाको सिद्धबाबामा पहिरोले बगाएर एक जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका ४ मित्यालका ३० वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो।

बुटवल–पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकसबीचमा माथिबाट खसेको ढुंगासँगैको पहिरोले शनिबार दिउँसो करिब साढे दुई बजे उनलाई बगाएको थियो। उनको शब बेलुका साढे ५ बजेतीर निकालिएको हो।

उनले चलाएको लु ५० प ४६७१ नम्बरको मोटरसाइकल सडकबाट खोलामा खसेको थियो भने उनी भीरमा अड्किएका थिए।

सडकमा माथिबाट चट्टान सहितको पहिरो आएकाले सुचारु हुन अझै ३–४ घण्टा लाग्ने दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीमगरले बताए। सडक अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here