प्रजिअ दाहालद्धारा खोलाहरूको स्थलगत अनुगमन

0
603

झापा ।

झापाका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष जनकराज दाहालले बाढी तथा डुबानको उच्च जोखिममा रहेका खोलाहरूको स्थलगत अनुगमनलाई तिब्रता दिएका छन् ।

प्रजिअ दाहालसहित सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, झापा उद्योग बाणिन्य सघंका महासचिव पंकजकुमार शर्मा लगायतको टोलीले खोलाहरूको शनिबार अनुगमन गर्दै बाढी र डुबानको अवस्था बुझेका थिए।

अनुगमन टोली मेची, हडिया, निन्दा, कनकाई, विरिङ, मावा, कमल, रतुवा खोलाबाट जोखिममा रहेका क्षेत्रहरूमा पुगेका थिए। झापामा खोलाहरूको अवस्था हेर्दा कनकाई र विरिङ नदीले तटीय क्षेत्रहरू कटान सुरु गरेको छ, प्रजिअ दाहालले भने,‘सो क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न निर्देशन दिइसकेका छौं।’

अहिलेसम्म झापामा बाढीको प्रकोप खासै नदेखिएको अनुगमन टोलीको भनाई छ । पानी पर्ने सम्भावना अझै रहेकोले खोला आसपासका गाउँका बासिन्दालाई सतर्कता अपाउन स्थानीय तह मार्फत जानकारी गराइसकेको प्रजिअ दाहालले बताए ।

बाढीको जोखिममा रहेका घरपरिवारलाई हटाउन स्थानीय प्रहरीलाई समेत निर्देशन दिइसकेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

झापामा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने एक ब्यक्ति वेपत्ता भएका छन् । यसैबीच आइतबार बिहानबाट पानी पर्ने क्रम केहि रोकिएकाले खोला किनारमा पानीको सतह घटेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here