झापाबाट ५ जना मक्कामदिना

0
683

बिर्तामोड।

हजका लागि मक्का मदिना जान लागेका मुस्लिम समुदायका अगुवालाई जिल्ला मदरसा समिति झापाले एक कार्यक्रमकाबीच विदाइ गरेको छ ।

नेपाल मुस्लिम संघ झापाका अध्यक्ष अमिन अली सेखको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच हज गर्न जाने पाँच जना मुस्लिम अगुवालाई विदाइ गरिएको हो । हरेक वर्ष साउदी अरवमा रहेको मक्का मदिनामा हजका लागि झापासहित देशभरका मुस्लिम समुदायका मानिसहरु जाने गरेका छन् ।

झापाबाट हजीका लागि जानेहरुमा इमातियाज अहमद अन्सारी, मञ्जर अली, प्रविण बेगम, मो. रुसतम् र अजमेरा बेगम रहेको जिल्ला मदरसा झापाका सचिव सफी उल्ला अन्सारीले जानकारी दिए ।

कार्यक्रममा हजी ताहिर हुसेन मिकरानी, सहिदुलहक अन्सारी, मुफती सज्जात अकरम, मुफ्ती दिलसाद, अमिन अली सेख, नसरुल्ला मुनादी लगायतले शुभकामना दिएका थिए । जिल्ला मदरसा समिति झापा अध्यक्ष नसरुल्ला मु्नादीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here