जंगली निगुरो खाँदा दुईको मृत्यु, एक गम्भीर

0
1098

अछाम।

जंगली निगुरो खाँदा अछामको रामारोशन गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । भने एकजना गम्भीर अवस्थामा उपचार भइरहेको छ रामारोशन गाउपालिका–५ रामारोशनको तल्लो पाटनका ६ वर्षीया बालिका मनिषा बोहरा र १० बर्षीया रमेश बोहोराको मृत्यू भएको हो ।

आमासहित वयलपाटा अस्पतालमा उपचार भइरहेको रमेशको सोमबार राती मृत्यु भएको हो । बालिकाको भने घरमै मृत्यु भइसकेको थियो । आमा र एक दुई छोराछोरीले शुक्रबार बेलुकी निगुरो पकाएर खाएका बताइएको छ ।

मृगौलामा गम्भीर समस्या र पानीको निकै कमी भएको बेला अस्पतालमा पुगेका कारण उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विकास गौचनले जानकारी दिनुभयो । उपचाररत रहेकी आमा नरपताको मृगौलामा गम्भीर समस्या रहेकोले अर्को अस्पतालमा लैजान तयारी रहेको डाक्टर गौचनको भनाइ छ ।

वर्षायाममा जिल्लाको माथिल्लो भेगमा रहेको जंगलमा निगुरो टिपेर तरकारीको रुपमा खाने प्रचलन रहेको छ । निगुरो राम्ररी नचिन्दासम्म नखान स्वास्थ्यकर्मीको सल्लाह दिएपनि केटाकेटीले निगुरो टिपेर ल्याउने भएकोले समस्या भएको बताइएको छ ।-शिवराज ढुंगाना/गोरखापत्र दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here