बिर्तामोड नगरबाट सञ्चार माध्यमलाई लोककल्याणकारी बिज्ञापन

0
1127

बिर्तामोड।

बिर्तामोड नगरपालिकाले सूचना तथा सञ्चार क्षेत्रको प्रवद्र्धनका लागि छुट्टै नीति पारित गरेको छ । आर्थिक वर्ष २०७६÷२०७७ को नीति कार्यक्रम अन्तर्गत सूचना तथा सञ्चार क्षेत्रको नीति पारित गरिएको हो । यसबाट बिर्तामोड नगरपालिका सञ्चारमैत्री बन्ने देखिएको छ ।

बिर्तामोड नगरपालिका विना भेदभाव, समानुपातिक र सन्तुलित रुपमा सञ्चार क्षेत्रको प्रबद्र्धन र विकासमा सदैब प्रतिबद्ध रहने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

यसैक्रममा सञ्चार क्षेत्रको दीर्घकालीन हित र सम्बद्र्धनका लागि सूचना तथा सञ्चार कार्यबिधि २०७५ बनाई लागू गरिसकेको जनाउँदै उनले सो कार्यबिधिले समेटेका बिषयहरुमा नगरबाट प्रकाशन, प्रशारण हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुको विकास र प्रवद्र्धनका लागि यस बर्षदेखि बार्षिकरुपमा लोककल्याणकारी बिज्ञापन वापत अनुदान दिने नीति अगाडि सारिएको बताए ।

नगरको सञ्चार नीतिमा नगरमा सूचिकृत र दर्ता भई यसै नगरमा सञ्चालन, प्रकाशन, प्रशारण भएका मिडियाहरुको उन्नतिका लागि टेलिभिजन, दैनिक, साप्ताहिक पत्रिका, एफएम, अनलाइनहरुलाई सो रकम प्रदान गरिने उल्लेख छ । यसै बर्षदेखि नगरबाट सञ्चालित सञ्चार माध्यम र सञ्चारकर्मीहरु मध्ये एउटा सञ्चार माध्यम र एकजना सञ्चारकर्मीलाई पुरस्कृत र सम्मानित गर्न थालिएको र यसलाई निरन्तरता दिइने बताइएको छ ।

बिर्तामोड नगरले पत्रकारहरुको वृत्ति विकास, तालिम र पत्रकारका संघ संगठनहरुको भौतिक तथा पूर्वाधार विकासका लागि सहयोग गर्ने नीति लिएको छ । साथै, नगरपालिकालाई सूचनामैत्री बनाउन पहल गरिने नीतिमा उल्लेख छ ।
त्यसैगरी नगर क्षेत्रमा रहेका सञ्चार माध्यमहरुलाई समानुपातिक तथा सन्तुलित रुपमा आवश्यक सूचनाहरु उपलब्ध गराउन आवश्यक प्रवन्ध मिलाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here