भद्रपुरमा कोरियन स्वयम्सेवक शिक्षक यूनलाई स्वागत

0
560

गंगा बराल / भद्रपुर ।

झापाको भद्रपुरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा प्राथमिक तहको शिक्षाको गुणस्तर अभिबृद्धिमा सहयोग पुर्याउने उद्देश्यले कोरियन स्वयम्सेवक आएका छन् ।

दषिण कोरियाका अवकाशप्राप्त शिक्षक गिछेन यून दुई वर्षका लागि स्वयम्सेवक शिक्षकको रुपमा भद्रपुर आएका हुन् ।
उनलाई मंगलबार भद्रपुरको शिक्षा युवा तथा खेलकुद शाखा परिसरमा नगरपालिकाले स्वागत गरेको छ ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित एक समारोहका बीच शिक्षक यून, स्वयम्सेवक हेसुङ साइन बाइक र कोरिया सरकारको सहयोग रहेको कोईका नेपालकी सहायक व्यवस्थापक मन्दा पौडेललाई स्वागत गरिएको थियो ।
भद्रपुर नगरपालिकाले पठाएको प्रस्ताव स्वीकृत गर्दै कोइका नेपालले यूनलाई दुई वर्षका लागि भद्रपुर पठाएको मन्दा पौडेलले जानकारी दिइन् ।

भद्रपुरमा रहँदा यूनले विभिन्न विद्यालयमा प्राथमिक तहका विद्यार्थीबीच कोरियाको शिक्षण विधि र अनुभव साटासाट गर्ने , अंग्रेजी विषय अध्यापन गर्नेलगायतका सेवा प्रदान गर्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव उद्धव विष्टले जानकारी दिए ।

भद्रपुरमा रहँदा यून ‘आकाश दाइ सर’ले चिनिने छन् । नेपालीमा पनि बोल्नसक्ने यूनको शिक्षण–कुशलताबाट सामुदायिक विद्यालयका विद्यार्थीले धेरै कुरा सिक्नसक्ने नगरप्रमुख श्रेष्ठले बताए ।

शाखाका योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा नगरउपप्रमुख चन्द्रा श्रेष्ठ, वडाध्यक्षहरु बन्धु कार्की र भीम केरुङ, सामाजिक विकास समिति संयोजक मित्रा भट्टराई, नगर शिक्षक महासंघ अध्यक्ष गणेश गिरी, शक्षक कैलाश राईलगायतले बोलेका थिए ।

नवआगन्तुक यूनले दक्षिण कोरियामा तीन महिना अघिसम्म प्राइमरी शिक्षामा काम गरेकोले आफूले सिकेका ज्ञान भद्रपुरका विद्यार्थीमाझ बाँड्ने बताए ।

कोइका नेपालकी पौडेलले यसप्रकारको कार्यक्रम प्रदेश १ मै पहिलो पटक भद्रपुर नगरपालिकामा सञ्चालन गरिएकोले यसबाट लाभ लिन आग्रह गर्दै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा लगानी गर्दै आएको कोइकाले आवश्यकताअनुसार ती क्षेत्रका अन्य याजनाहरुमा पनि सघाउनसक्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here