काङ्ग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान

0
423

पोखरा।

नेपाली काङ्ग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ ।

अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा डा भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन दिनानुदिन कमजोर बन्दै गएको बताउनुभयो । नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनादेखि दोस्रोे लोकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्रसम्म आइपुग्दा काङ्ग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि पार्टी मजबुत बन्नुपर्ने बताउनुभयो ।

गुट–उपगुटले काङ्ग्रेसलाई कमजोर बनाउने र त्यसको प्रत्यक्ष असर राष्ट्र र लोकतन्त्रमाथि पर्ने भएकाले देशव्यापीरूपमा नै नेपाली काङ्गेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी अभियानलाई सक्रिय बनाइने जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here