सांसदको तलब सङ्घसंस्थालाई

0
702

दमौली ।

सांसदमा निर्वाचित भएपछि आफूले पाउने तलबभत्ता सङ्घसंस्थालाई उपलब्ध गराउने प्रतिबद्धताबमोजिम सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी आमा समूहलाई रु ५० हजार सहयोग गर्नुभएको छ । सांसद श्रेष्ठले उक्त रकम आज बन्दीपुरमा आमा समूहका अध्यक्ष शोभा गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।

आमा समूहले भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेपछि सांसदका रुपमा आफूले पाउने रकम प्रदान गरेको सांसद श्रेष्ठले जानकारी दिनुभयो । “निर्वाचनकै बेलामा मैले तलबभत्ता सामाजिक सङ्घसंस्थालाई उपलब्ध गराउँछु भनेर घोषणा गरेको थिएँ”, सांसद श्रेष्ठले भन्नुभयो, “सोही प्रतिबद्धताबमोजिम तलब भत्ता उपलब्ध गराउँदै आएको छु ।” आफूहरुको आग्रहलाई स्वीकार गरेर सांसद श्रेष्ठले आर्थिक सहयोग गरेकामा मुकुन्देश्वरी आमा समूहका अध्यक्ष गुरुङले खुशी व्यक्त गर्नुभयो ।

सांसद श्रेष्ठले यसअघि व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही विकास कोष, व्यास नगरपालिका–१० स्थित सुधेरी गैह्रा खानेपानी उपभोक्ता समिति, भानु नगरपालिका–६ स्थित कालिका मन्दिर, व्यास नगरपालिका–११ तनहुँसुरस्थित तनहुँसुर खानेपानी योजना, भानु नगरपालिका–१० स्थित दुधेकुना मन्दिर, भानु नगरपालिका–११ को सिद्धबाबा युवा क्लब, तमु ह्योला छोंज धी गुरुङ राष्ट्रिय परिषद्, व्यास नगरपालिका–११ को चिसापानी खानेपानी उपभोक्ता समिति र भानु नगरपालिका–८ को देउरालीटार युवा क्लबलाई रु ५०÷५० हजार सहयोग गरिसक्नुभएको छ ।

त्यस्तै सांसद श्रेष्ठले बन्दीपुर गाउँपालिका–६ ग्याजाटारको शिव मन्दिर, भानु नगरपालिका–६ नावरुङको कालिका मन्दिर, व्यास नगरपालिका–१० को सुधेरी गैरा खानेपानी उपभोक्ता समिति, व्यास नगरपालिका–१ अम्रेनीको शिव मन्दिर रु ५०÷५० हजार तथा नेपाल पत्रकार महासङ्घ तनहँु शाखामा रु एक लाखको अक्षयकोषसमेत स्थापना गरिसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here