झापामा ३४ करोडको मल प्रयोग

0
845

बिर्तामोड।

आर्थिक वर्ष ०७५÷०७६ मा झापासहित पूर्वका किसानले ३४ करोड बढीको रासायनिक मल प्रयोग गरेका छन् । युरिया, डिएपी, पोटाससहितका रसायनिक मल एक आर्थिक वर्षमा ३४ करोड ७५ लाख, ८४ हजार ५६ रुपैयाँको किसानले प्रयोग गरेका छन् ।

झण्डै ३५ करोडको झापाली किसानले मलको प्रयोग गरेपनि अझै पनि झापासहित पूर्वमा मलको अभाव कायमै छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा ४३ करोड ४० लाख ३७ हजार ९ सय ५३ रुपैयाँको रसायनिक मलको प्रयोग भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष ०७५÷०७६ मा झण्डै दश करोड रुपैयाँको कम मल खपत भएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेड बिर्तामोड र साल्ट टे«डिङ कर्पोरेट लिमिटेडको तथ्यांक अनुसार सबैभन्दा बढी डिएपी मलको खपत भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७५÷०७६ मा २१ करोड, ८५ लाख, ९१ ह्जार ६ सय ५० रुपैयाँ र साल्ट टे«डिङ कर्पोरेट लिमिटेडले १३ करोड १६ लाख ४२ हजार ४ सय ६ रुपैयाँको मल विक्री गरेको छ ।

कार्यालयले झापासहित पाँचथर र इलामका किसानलाई समेत मल उपलब्ध गराउँदै आएको छ । कार्यालयको अघिल्लो आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने सोही अवधिमा कृषि सामाग्री लिमिटेडले २४ करोड ८३ लाख, ७४ हजार २ सय ९२ र साल्ट टे«डिङ कर्पोरेट लिमिटेडले १८ करोड ५६ लाख, ६३ हजार ६ सय ६१ रुपैयाँको मल बिक्री गरेको कार्यालयका प्रमुख देवराज भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार युरिया, डिएपी, पोटासबाहेक कार्यालयले एसएसपी साधा, एसएसपी जी, एमोनियम र बोरन मलको समेत विक्री गर्दै आएको छ । रसायनिक मलको अभाव हुँदा कार्यालयले ंप्राङरिक मलको विक्री गरेको कार्यालय प्रमुख भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here