ललितपुर ।
झारफुक गर्ने बाहनामा १६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने झाँक्री पक्राउ परेका छन्। ललितपुर महानगरपालिका १५ वडाको सामपाङ चोकबाट जबरजस्ती गर्न खोजेको आरोपमा झाँकीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार ४० वर्षीय झाँक्री सर्बु राई पक्राउ परेका हुन् ।
टाउको र शरीर दुख्ने समस्या देखिएपछि ती किशोरी साउन ७ गते झाँक्रीकहाँ पुगेकी थिइन् । उपचार गर्दा कसैले देख्न नहुने झाक्रीले बताएका रहेछन्, बालिकालाई उदृत गर्दै मिश्रले भने, उनले झारफुट गर्ने बाहनामा किशोरीमाथि जबरजस्ती गर्न खोजेपछि उनी भागिछन् ।
किशोरीका अनुसार झाँकीले कोठाभित्र लगेर पर्दा लगाएपछि आँखा बन्द गर्न लगाए । त्यसपछि रोग निको हुनका लागि लगाएको कपडा फुकाल्नुपर्ने दबाब दिए । उनी आफैले किशोरीले लगाएको टिसर्ट माथि सारेर जबरजस्ती गर्न खोजेपछि त्यहाँबाट भागे ।
घटनाबारे किशोरीले आफ्ना अभिभावकलाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको हो । झाँक्री राइले प्रहरीसमक्ष आफूले जबरजस्ती गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । झापा विर्तामोड स्थायी घर भएका ४० वर्षीय झाँक्री राइविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ । बुधबारदेखि लागु हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























