निलडेबिडलाई सुष्माको साथ

0
1067

परिवार सुन्दर, सुखी र समृद्ध बनाउन श्रीमान् र श्रीमतीको भूमिका महत्वपूर्ण हुन्छ । न त श्रीमतीबिना परिवार सफल हुन्छ, न त श्रीमान् बिना नै । घर परिवार र व्यवसाय सफल बनाउन श्रीमान्लाई श्रीमतीको साथ सहयोगले मात्र सम्भव छ ।

व्यवसायमा श्रीमतीको साथ र सहयोगले नै गर्दा श्रीमान् सफल व्यवसायी समेत बनेका छन् । यिनै मध्येका एक हुन् हेयर स्टाइलिष्ट निलडेबिड कटुवाल । हेयर स्टाइलिष्ट निलडेबिड कटुवाल आफू सफल हुनुमा श्रीमती सुष्मा कार्की कटुवालको हात रहेको बताउँछन् । बिराटनगर जनताटोलकी सुष्मा कार्कीसँग वैवाहिक जीवनमा बाँधिएका हेयर स्टाइलिष्ट कटुवाल विवाहपछि देखि नै सुष्माले निलडेबिड हेयर सलुन एण्ड एकाडेमीको व्यवस्थापन सम्हाल्दै आएको बताउँछन् ।

सन् २००६ मा काठमाडौं मलमा निलडेबिड हेयर सलुन एण्ड एकाडेमी स्थापना भएसँगै व्यवस्थापन सम्हाल्दै आएकी सुष्माले काठमाडौंको सिटी सेन्टरमा सञ्चालनमा रहेको निलडेबिड इन्टरनेशनल यूनिसेक्स सलुनको समेत ब्यवस्थापन सम्हाल्दै आएकी छिन् ।

नेपाल तथा भारतका विभिन्न स्थानमा अन्तर्राष्ट्रियस्तरको निलडेबिड इन्टरनेशनल यूनिसेक्स सैलुन स्थापना गरेर हजारौंलाई रोजगारी दिएर र निलडेबिड प्रोफेसनल एकाडेमी स्थापना गरेर सयौंलाई स्वरोजगार बनाएका निलडेबिडलाई सुष्माले सलुनको व्यवस्थापन सम्हाल्दै आएको प्रति गर्व छ ।

आफू नेपाल तथा भारतका विभिन्न स्थानमा रहेको सलुन र एकाडेमीमा व्यस्त हुँदा पनि घर परिवार र सलुनको व्यवस्थापन सम्हालेर कुशल श्रीमतीको भूमिका निवार्ह गरेको उनले बताए । हरेक श्रीमान्को सफलतामा श्रीमतीको भूमिका महत्वपूर्ण हुने र आफ्नो सफलतामा सुष्माको भूमिका महत्वपूर्ण रहेको उनले बताए । उनले भने– ‘यदि मेरो जीवनमा सुष्माको प्रवेश नभएको भए म नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने थिइन होला ।’ श्रीमतीको सहयोगकैै कारण आफू स्वदेशमा मात्र होइन, विदेशमा समेत सक्रिय हुन सफल भएको उनले बताए ।

कहिले पनि महिलाले पुरुषको कपाल र पुरुषले महिलाको कपाल काटेको नदेखेकी सुष्माले हेयर स्टाइलिष्ट निलडेबिड कटुवालसँग विवाह गरेपछि सन् २००६ मा काठमाडौं मलमा निलडेबिड हेयर सैलुनमा त्यो देखेर छक्क परेको बताइन् । त्यसबेलादेखि नै आफूले सलुनको ब्यवस्थापन सम्हाल्दै श्रीमान्लाई साथ दिएको उनले बताइन् ।

निकट भविष्यमा अमेरिकामा अन्तर्राष्ट्रियस्तरको निलडेबिड इन्टरनेशनल यूनिसेक्स सैलुन स्थापना गरेर नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने उनले बताइन् । काठमाडौंको सिटी सेन्टरमा एनडिके मेकअप स्टुडियो एण्ड एकाडेमी सञ्चालनमा आउन लागेको उनले बताइन् । महिलालाई चुलोचौका र मेलापातको काममा मात्र लगाउनु नहुने बताउँदै उनले सामाजिक विभेद अन्त्यका लागि पनि सीप सिकेर आत्मनिर्भर बन्न महिलालाई आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here