शिवसताक्षीमा महिला फुटवल हुने

0
855

 विनोद सापकोटा / झापा।

झापामा महिला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी नगरपालिकाको खेलकुद बिकास समितिले आयोजना गर्ने सो प्रतियोगिता १ नम्वर प्रदेश स्तरिय भएको आयोजक शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ । आयोजकले उक्त प्रतियोगितालाई प्रथम उपमेयर महिला नकआउट फुटवल प्रतियोगिता भनेर नाम दिएको छ ।

सोमबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दे झापा, मोरङ्ग र ईलामका १० टिम सहभागी हुने आयोजक समितिले जनाएको छ । शिवसताक्षी ११ स्थीत गणेशमान शिहं अध्ययन प्रतिष्ठानको खेलमैदानमा साउन १५ गते देखि २२ गते सम्म संचालन हुने आयोजक समितिले जनाएको छ ।

सो प्रतियोगितामा झापाका सतासीधाम स्पोर्टिङ्ग क्लव, झापा महिला एफसी, रोयल क्लव दमक, जोइन स्पोर्टिङ्ग क्लव विर्तामोड , पारिजात महिला एफसी , शिवसताक्षी ११ महिला टिम झिलझिले ,सुरुङ्गा एफसी कनकाई, जुनतारा एफसी खुदुनावारीले सहभागी जनाउने छन । यस्तै मोरङ्गको उर्लावारी नगर खेलकुद विकास समिति र चुलाचुली महिला एफसी ईलाम सहभागी हुने आयोजक समितिका अध्यक्ष फुर्वा लामाले बताएका छन ।

प्रतियोगिता संचालनका लागि आयोजकले ४ लाख ५४ हजार खर्चको अनुमान गरेको छ । शिवसताक्षी नगरपालिकाले २ लाख सहयोग गर्ने नगरप्रमुख चन्द्रकुमार सेर्माले बताए । चालु आवको नगरसभावाट स्वीकृत खेलकुद विकासका लागि बिनियोजित ३० लाख मध्येबाट २ लाख प्रथम शिवसताक्षी उपमेयर महिला नकआउट फुटवल प्रतियोगितामा खर्च हुने छ । कुलतमा फस्नवाट युवायुवतीलाई जोगाउन नगरले खेलकुदका हरेक कार्यक्रममा सहयोग गर्ने नगर प्रमुख शेर्माले वताए ।

प्रतियोगिताका विजेताले नगद ५१ हजार र उपविजेतालाई ३१ हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगिताका सर्वोकृष्ठ महिला फुटवलरलाई नगद ५ हजार, सर्वाधिक गोलकर्तालाई ३ हजार प्रदान गर्ने आयोजक सििमतिले जनाएको छ । यस्तै प्रतियोगिता भरका उत्कृष्ठ गोल रक्षक, उदयमान, मिड फिल्डर, फरवार्ड लाई जनही २५ सय र म्यानअफदी म्याचलाई १ हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here