दुई सय लिटर रक्सीसहित नेपाली पक्राउ

0
462

बिर्तामोड।

सुन्दरहरंैचा नगरपालिका –१० स्थितबाट लुकाइ – छिपाइ ल्याएको अन्दाजी २ सय लिटर अवैध घरेलु मदिरासहित झापा मेची नगरपालिका –१३ बस्ने ४५ वर्षीय खेम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट बिराटनगरतर्फ जाँदै गरेको मे.१ ख १९८९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा लुकाइ–छिपाइ ल्याएको उक्त मदिरासहित चालक नेपालीलाई पक्राउ गरेको हो ।

बरामद भएको मदिरा तथा चालक नेपालीलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here