दुई किशोरी बेपत्ता

0
560

बिर्तामोड ।

बिर्तामोड नगरपालिका–३ बिर्ताबजारबाट दुई किशोरी मंगलबारदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह रहेको किशोरीका बुबा नरेश साहले जानकारी दिए ।

सदा झैं स्कूल जाने समयमा विद्यालय हिँंडेका छोरीहरु स्कूलबाट घर फर्किने समयमा नआएपछि खोजी कार्य शुरु गरेपनि अहिलेसम्म कतै फेला नपरेको साहले बताए ।

उनले भने– ‘सदा झैं ९ बजे स्कूल हिँंडेका छोरीहरु बेलुका सधैंँका समयमा घर नआएपछि खोजी गर्दा उनीहरु स्कूल नै नपुगेको थाह भयो ।’ सारा आफन्त कहाँ खोजी सक्यां,ै कतै पत्ता लागेन ।’

स्थानीय ग्लोरी बोर्डिङ स्कूलमा पूजा कक्षा १० र पुजन कक्षा आठमा पढ्दै थिए । विहान ९ बजे स्कूल हिंँडेका छोरीहरु बेलुकासम्म घर नफर्किएपछि परिवारले उनीहरुको खोजीका लागि बुबा नरेशले इलाका प्रहरी कार्यालयलाई आग्रह गरेका छन् ।

निवेदन प्राप्त भएपछि नै वेपत्ता भएका किशोरीका सम्बन्धमा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here