भद्रपुर विमानस्थलबाट गोलीसहित इलामका सुरेन पक्राउ

0
1084

बिर्तामोड ।

भद्रपुर विमानस्थलबाट गोली सहित एक ब्यक्ति पक्राउ परेका छन् ।

विमानस्थलमा चेकजाँचका क्रममा इलाम सुर्योदय नगरपालिका–४ श्रीअन्तुका ३८ वर्षीय सुरेन राईलाई गोली सहित नियन्त्रणमा लिएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

थ्रीनट थ्री राइफलमा प्रयोग हुने एक थान गोली सहित पक्राउ परेका राईलाई झापा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी पवक्ता डीएसपी श्रेष्ठले जानकारी दिए ।

सौर्य एयरलाईन्सबाट काठमाडौं जाने तयारीमा रहेका राईलाई गोलीसहित पक्राउ गरेसंगै सुरक्षा ब्यवस्था कडा पारिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here