क्यानाडामा जारी दोस्रो संस्करणको ग्लोबल टी- ट्वान्टी क्रिकेट : सोमपालले अझै पाएनन् खेल्ने अवसर

0
583

एजेन्सी ।

क्यानाडामा जारी दोस्रो संस्करणको ग्लोबल टी – ट्वान्टी क्रिकेट लिगमा विनिपेग होक्सले ब्राम्प्टन वुल्भ्ससँग पराजित भएको छ । विनिपेग होक्स नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामी समावेश टिम हो ।

गएराती सम्पन्न खेलमा होक्स टोली ब्राम्प्टन वुल्भ्ससंग ७ विकेटले हारेको हो । सुरुवाती ब्याटिङ गरेको होक्स १८ दशमलव ५ ओभरमा १ सय १६ रन जोडेर अलआउट भयो ।

होक्सका लागी साइमान अनवरले ३१ रन बनाए भने कलिम सानाले २७ र सन्नी सोयलले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अंकको स्कोर छुन सकेनन् ।

विश्वकप छनोटको खेल सकेर क्यानडा पुगेका सोमपाल भने प्लेईङ सेटमा परेका छैनन् । उनले पहिलो विदेशी लिगको फ्रेन्चाईज खेलमा डेब्युका लागि अझै केही समय पर्खनुपर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here