रोयल क्लव दमक र सुरुङ्गा एफसी क्वाटर फाईनलमा प्रवेश

0
761

विनोद सापकोटा / झापा ।

झापाको शिवसताक्षीमा जारी १ नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगिताको आजको दुई खेलमा रोयल क्लव दमक र सुरुङ्गा एफसी क्वाटर फाईनलमा प्रवेश गरेका छन ।

झापा गाउपालिकाको झापा महिला फुटवल क्लवलाई २—० को फराकिलो गोल अन्तरले हराउदै रोयल क्लवले प्रतियोगिताको क्वाटर फाईनलको यात्रा तय गरेको हो भने शिवसताक्षीलाई ट्राईव्रेकरमा ३—१ गोल अन्तरले हराउदै सुरुङ्गा एफसी क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

आजको पहिलो खेलमा रोयलको जितका लागि माया राईले पहिलो हाफको १४ औ मिनेटमा गोल गर्दे टिमलाई अग्रता दिलाएकी थिईन । दोश्रो हाफको ४५ औ मिनेटमा सपना मगरले झापा महिला एफसीको गोलपोष्टमा प्रहार गरेको बलले जाली चुमेपछी रोयलको जित निश्चीत बनेको हो ।

खेलको वुमन अफ दी म्याच विजेता टिमकी सपना मगर घोषित भईन । उनले नगद १ हजार पुरस्कार पाइन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा साउन २२ गतेसम्म हुने आयोजकले जनाएको छ ।

यस्तै आजकै दोश्रो खेलको निर्धारित समय १÷१ को वरावरीमा खेल सकिएपछी ट्राईव्रेकरबाट विजेता टिमको निर्णय निकालिएको थियो । भोलिको दुई खेल मध्ये पहिलो खेल आजको विजेता दमकको रोयल क्लव र जोईन विर्तामोड विच हुने आयोजक समितिले जनाएको छ । त्यस्तै दोश्रो खेल सुरुङ्गा र जुनतारा एफसी खुदुनावारी विच हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा झापा, इलाम र मोरङ्गका १० महिला फुटवल टिम सहभागी छन् । विजेताले टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउने आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here