जेलभित्रै कुटाकुट एक कैदीको मृत्यु

0
373

झापा।

जेल भित्रै कैदी बीच कुटाकुट हुदाँ एक कैदीको मृत्युभएको छ ।

ललितपुरस्थित नख्खु कारागारमा कैदीबीच कुटाकुट हुँदा एक कैदीको मृत्यु भएको हो । शुक्रबार दिउँसो साढे १ बजे भएको झगडामा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको हो ।

कर्तव्य ज्यान मुद्दामै जेल सजाय भोगिरहेका सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले ढुंगा प्रहार गर्दा राजीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कैदीहरु बीच झडपभए लगत्तै कारागार क्षेत्रको सुरक्षा ब्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here