बिर्तामोड सरसफाईको १६२ औं हप्ता

0
894

बिर्तामोड ।

बिगत तीन बर्षदेखि नियमित रुपमा बिर्तामोड नगर सरसफाई हुँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीको अगुवाईमा झण्डै दर्जनभन्दा बढी संघसंस्थाले नगरलाई सफा राख्नु पर्छ भन्दै तीन वर्षअघि ‘बिर्तामोड सरसफाई अभियान’ शुरु गरिएको थियो ।
सोही अभियान अन्तर्गत अहिले हरेक शनिवार बिर्तामोड सरसफाई हुँदै आएको छ ।

अभियानलाई सफल बनाउन १६२ औं सरसफाई सप्ताहको अवसर पारेर विएण्डसी टिचिङ हस्पिटलले पनि समर्थन जनाउँदै नगर सरसफाईमा सहभागिता जनाउने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन सबै जुट्नु पर्ने भन्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईसहित हस्पिटलका प्रिन्सिपल प्रा डा.राम उप्रेतीले बिर्तामोड सरसफाईलाई सहयोग गर्ने बताएका हुन् ।

सफा नेपाल अभियानमा सहभागी बनौं भन्दै शुरु गरिएको बिर्तामोड सरसफाई कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, बिर्तामोड उद्योग वाणिज्य संघ, नेपाल रेयुकाई, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सञ्चारकर्मी समेत कार्यक्रममा सहभागी हुने गरेका छन् ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, बिर्तामोड नगरपालिका वडा नम्वर –१ का अध्यक्ष अग्नि पाण्डे, ५ का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले नगर सफा राख्न विशेष पहल गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here