डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता

0
1059

मनिला ।

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।

इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ ।

इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ । आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो । आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here