बीएण्डसीमा स्वास्थ्य विमा कार्यक्रम लागू

0
1333

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको विएण्डसी अस्पतालले स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने भएको छ ।

सर्वसाधारणलाई सर्व सुलभ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले भदौ १ गतेबाट स्वास्थ्य विमा लागू गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

आइतवार अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले नेपाल भरिका नागरिकलाई स्वास्थ्य विमा कार्यक्रमले तोके अनुसारका सेवा निःशुल्क उपलब्ध गराउने बताएका हुन् । स्वास्थ्य बिमाका लागि विमाका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल र अस्पतालबीच साउन १२ गते सम्झौता भएको पत्रकार सम्मेलनमा प्रसाईले बताए ।

आगामी १० वर्षभित्र २ लाखलाई रोजगारी दिने लक्ष्य छ पत्रकार सम्मेलनमा प्रसाईले भने – यसै बर्षदेखि ३ हजारलाई रोजगारी दिने काम गरिरहेको छु । ३ महिना अघि अर्डर गरेको क्यान्सर परीक्षण उपकरण हाल काँकडभिट्टामा आइसकेको जनाए । उनले सवैभन्दा राम्रो क्यान्सर रोग परिक्षण गर्ने उपकरण आइतवार वेलुकासम्ममा हस्पिटल भित्रने बताए ।

हस्पिटलका प्रिन्सिपल प्राध्यापक डाक्टर रामप्रसाद उप्रेतीले हस्पिटलका कार्यकारी निर्देशक प्रसाईको पैसा कमाउने भन्दा पनि नागरिकको सेवा गर्ने भावना रहेको बताए । उनले विएण्डसीले गरेका राम्रा कामको चर्चा नभएको गुनासो समेत गर्दै भने ‘ महँगो हस्पिटल भनेर वाहिर भ्रम फैलिए पनि सरकारी अस्पताल सरह उपचार सेवा दिदै आएको छ ।’ हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here