भीरबाट लडेर मकालुमा पुरुषको मृत्यु

0
468

संखुवासभा,

मकालु गाउँपालिका–३ मा भीरबाट लडेर पुरुषको मृत्यु भएको छ। सोही वडाको एक्वा गाउँका ६२ वर्षीय घले शेर्पाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

पूजाको सामग्री किन्न गएका शेर्पा घर फर्कने क्रममा आइतबार राति करिब ९ बजे  महाभीरबाट लडेको प्रहरीले बताएको छ। उनी करिब ५० मिटर खसेको छन्।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आइबार नै घरबाट निस्किएका शेर्पा घर नआएपछि आफन्तले खोजी गर्दा महाभीर तल मृत अवस्थामा सोमबार बिहान फेला पारेका हुन्।

शेर्पाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने बताइएको छ। घटना स्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here