रोटरी मिडटाउनको पद हस्तान्तरण

0
702

बिर्तामोड ।

रोटरी क्लव अफ विर्तामोड मिडटाउनको छैठौं तथा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको पाचौँ पद हस्तान्तरण कार्यक्रम संयुक्तरुपमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि पास्ट डिष्ट्रीक गर्भनर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सन् २०१९/२०२० का अध्यक्ष शिवकुमार अग्रवाललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराए लगत्तै नवनियुक्त अध्यक्ष अग्रवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए । चार्टर प्रेसिटेण्ट सन्तोष अग्रवालले नव नियुक्त अध्यक्ष अग्रवाललाई विर्तामोड मिडटाउनको च्याप्टरको प्रमाणपत्र तथा आइपिपि पास्ट प्रेसिडेण्ट शुभ कुमाई पाठकले ग्यावल गन प्रदान गरेकी थिइन् ।

आफूले सपथ लिएपछि उनले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराए । रोट्रयाक क्लब अफ बिर्तामोड मिड टाउनको सन् २०१९÷२०२० अध्यक्ष विवेक कोइरालालाई रोट्रयाकका असिष्टेण्ट डिष्ट्रीक सेक्रेटरी सन्नी गोयलले रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराए लगत्तै नवनियुक्त अध्यक्ष कोइरालालाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

रोशन बुढाथोकीले रोटरी क्लब अफ बिर्तामाड मिडटाउन रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनले सन् २०१८÷२०१९ मा भए गरेका कामको चर्चा गरेका थिए । यो वर्ष रोटरी मिडटाउनमा छ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् ।

उनीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि एजी असिष्टेण्ड गर्भनर कुमार गिरीले इन्डक्सन गराएका थिए । पद तथा गोपनियताको सपथसँगै सवैलाई प्रमुख अतिथि पास्ट डिष्ट्रीक गर्भनर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरीको पिन तथा पास्ट डिष्ट्रीक सेक्रेटरी पीडीएस प्रफुल्लमान श्रेष्ठले बुकी प्रदान गरेका थिए ।

पुष्पाञ्जली सिन्हाले प्रमुख अतिथि पीडीजी दिलेन्द्रराज श्रेष्ठको व्यक्तित्वका बारेमा प्रकाश पारेकी थिइन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सचिव सुमन शर्मा जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा प्रेसिटेण्ट इलेक्ट प्रशान्त भण्डारीले स्वागत गरेका थिए ।

भूमिका पोखरेल लगायले मन्तव्य राखेको कार्यक्रममा मिडटाउनका दिनेश पोखरेलल टोस्ट प्रोेपोजल प्रस्तुत गरेका थिए । मिडटाउनका पव्लिक इमेज चियर गजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here