फोनिज प्रदेश १ इञ्चार्ज राईलाई पितृशोक

0
691

अर्जुनधारा ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश नम्बर १का इञ्चार्ज दिपीन राईलाई पितृशोक परेको छ ।

लामो समयदेखि दमको रोगी उहाँको बुबा धनबहादुर राईको सोमबार ७६ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उपचारको लागि बीएण्डसी हस्पिटलमा ल्याइएको उहाँको दिँउसो १ः०५ बजे हस्पिटलमा निधन भएको हो ।

उहाँको श्रीमती माइली सुब्बा, दुई छोराबुहारीहरु दिपीन+लीला र भूपीन+शान्ता, चार छोरीज्वाईंहरु मनिका+कुमार लिम्बू, कुन्सु+हेमबहादुर राई, लीला+रमेश राई र लक्ष्मी+कुशल लिम्बू रहेका छन् ।

इञ्चार्ज राईको बुबाको सोमबार सालबारीस्थित भीमसेन घाटमा जातीय परम्परा अनुसार अन्तयष्टी गरिने बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here